Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

शक्ति केन्द्रहरुको दबाब नेपालमा बढ्दै छ : प्रचण्ड

November 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति असाधारण ढंगको भएकाले शक्ति केन्द्रहरुको दबाब नेपालमा बढ्दै गइरहेको बताएका छन् । नेपालको राष्ट्रिय स्वाधिनताको प्रश्न पहिलेभन्दा अहिले अझ बढी पेचिलो र...बाँकी

रविलाई आज फेरि अदालत लगिँदै : पोखरामा प्रदर्शन गर्ने रास्वपाको तयारी

November 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेविरुद्ध अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको १० दिनको म्याद सकिएको छ । प्रहरीलाई उनीविरुद्धको अनुसन्धानका लागि अदालतले गत कात्तिक २० गते १० दिनको म्याद दिएको थियो ।...बाँकी

आईसीसी यू–१९ महिला टी-२० विश्वकप छनोट : नेपालले आज थाइल्यान्डविरुद्व खेल्ने

November 10, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्यान्डविरुद्व खेल्ने भएको छ । नेपाल र थाइल्यान्डबीचको खेल आज दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।...बाँकी

राष्ट्रपति पौडेल रामचन्द्र आज अजरबैजान जाने

November 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा...बाँकी

२५ वर्षअघिका प्लसटुका विद्यार्थीले मौका परीक्षा दिन पाउने

November 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । २५ वर्षअघि कक्षा ११ र १२ मा भर्ना भएका र तर पढाइ पूरा गर्न नसकेका विद्यार्थीहरुले मौका परीक्षा दिन पाउने भएका छन् । अर्थात् २०५६ सालयताका कक्षा ११ र १२ का परीक्षार्थीहरुले मौका...बाँकी

पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट हुदा २५ जनाको मृत्यु

November 9, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
पाकिस्तान । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा रेलवे स्टेसनमा शनिबार भएको विस्फोटमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । ठूलो संख्यामा यात्रु घाइते भएको प्रहरीले बताएको छ । क्वेटा रेलवे स्टेसनमा भएको विस्फोटमा घाइते भएका ४६...बाँकी

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई एमालेले गर्‍यो पार्टीबाट निलम्बन

November 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । मानव तस्करीको आरोप लागेका लिलाबल्लभ अधिकारी एमालेको सङ्गठित सदस्यबाट निलम्बन भएका छन् । शनिवार नेकपा एमाले कोशी प्रदेश कमिटीले उनलाई निलम्बन गरेको हो । एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले एक विज्ञप्ति...बाँकी

गगन थापा भन्छन् : सहकारी ठगी होस् कि मानव तस्करी, गल्ती गर्नेले सजाय भोग्नुपर्छ

November 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुन विपरीत काम गर्ने जोसुकै पनि अनुसन्धानको दायरामा आउनुपर्ने बताएका छन् । शनिबार फेसबुकमा एक स्टाटस लेख्दै उनले सहकारी प्रकरण होस् कि मानव तस्करी यस्ता प्रकरणमा सत्ताको नजिकको...बाँकी

यू-१९ महिला टी-२० विश्वकप छनोट : नेपाल युएईसँग पराजित

November 9, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको छ । दुबईमा भइरहेको प्रतियोगितामा १२३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०९ रन...बाँकी

रवि पक्राउबारे पार्टीले ठोस निर्णय नलिएको भन्दै रास्वपाका समर्थक घण्टीघरमै

November 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक अहिले केन्द्रीय कार्यालय वनस्थलीमा बसिरहेको छ पार्टी सभापति रवि लामिछाने पक्राउ गरेको लामो समय बितिसक्दा पनि पार्टीले कुनै ठोस निर्णय लिन नसकेको भन्दै रास्वपाका समर्थक दबाब दिन...बाँकी