Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

पौने १ बजेसम्म ३२ प्रतिशत मत खस्यो : आयोग

November 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आज आइतबार दिउँसो पौने १ बजेसम्म ३२ प्रतिशत मत खसेको छ। निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेर सो जानकारी गराएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार दिउँसो १२ बजेर ४५ मिनेट जाँदा...बाँकी

दोलखाको बैतेश्वरमा तनाव, प्रहरीद्वारा ४ राउण्ड हवाई फायर

November 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दोलखा । दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. २ जनज्योती मावि पुतलीकाट मतदान केन्द्रमा पनि तनाव भएपछि प्रहरीले ४ राउण्ड हवाई फायर गरेको छ । उक्त घटनापछि मतदान रोकिएको छ । आज बिहान करिब साढे ११...बाँकी

भोट हालेपछि ओलीले भने : १५ मंसिरभित्र एमालेको बहुमतको सरकार बन्छ

November 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर १५ भित्र एमालेले बहुमतको सरकार बनाउने दाबी गरेका छन् । आइतबार अपरान्ह बालकोटमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।...बाँकी

हुम्लाको सर्केगाडमा झडप हुँदा सहायक मतदान अधिकृत र सेनाका हुद्दा घाइते

November 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
हुम्ला । हुम्लाको सर्केगाडमा गाउँपालिका वडा नं. ३ देवकोटा आधारभूत विद्यालय उनापानी मतदान स्थलमा झडप भएको छ । झडपका क्रममा सहायक मतदान अधिकृत र सेनाका हुद्दा गरी २ जना घाइते भएका छन् । घाइते हुनेमा...बाँकी

निर्वाचन आयोगको निर्देशन : सामान्य विवादमा मतदान स्थगित नगर्नू

November 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निर्वाचन आयोगले सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको छ । कतिपय जिल्लामा राजनीतिक दल, उम्मेदवार वा निर्वाचन बहिस्कार गर्ने पक्षका कारण मतदान स्थगित भइरहेको छ । तर आयोगले स्थगित...बाँकी

मोरङको बुढीगंगामा मतदान प्रक्रिया पुनः सुरु

November 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
मोरङ । मोरङको बुढीगंगामा मतदान केन्द्र भित्रै पटका पड्काइएपछि अवरुद्ध भएको मतदान प्रक्रिया पुनः सुरु भएको छ । आइतबार बुढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्र भित्र पटका पटकिएको थियो । लाइनमा बसेर मतदाताले मतदान गरिरहेका...बाँकी

मतदानपछि राजेश हमालको घोषणा : ५ वर्षपछि राजनीतिमा आउँछु होला

November 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अभिनेता राजेश हमालले प्रतिनिधिसभा र प्रदेशसभाको जारी निर्वाचनमा मतदान गरेका छन् । लैनचौरको जननाथ स्मृति मावि केन्द्रबाट उनले बिहान भोट खसाएका हुन् । मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै हमालले आफू पनि भविष्यमा राजनीतिमा आउने...बाँकी

नेकपा बहुमतका कार्यकर्ताले कास्कीमा मतपेटिका फुटाए

November 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका छन् । माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीय सूर्य परियारले आज बिहान पौने ११ बजेतिर मतदान गरिसकेपछि...बाँकी

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेकपा बहुमतका ८ जना पक्राउ

November 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कञ्चनपुर । कञ्चनपुरबाट नेकपा बहुमतका ८ जनालाई प्रहरीले पक्रमउ गरेको छ । भीमदत्त नगरपालिका-४ भृकुटी मावि मतदान केन्द्रबाहिर निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले जिल्ला इन्चार्ज हरिष दयाल लगायतलाई आइतबार बिहान नियन्त्रणमा लिएको हो ।...बाँकी

केन्द्रभित्रै पटका पड्केपछि मोरङको बुढीगंगामा मतदान स्थगित

November 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
मोरङ । मोरङको बुढीगंगामा मतदान केन्द्र भित्रै पटका पड्काइएपछि मोरङको एउटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा मतदान स्थगित भएको हो । लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला...बाँकी