Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

दाउन्ने–बर्दघाट सडकखण्ड अवरुद्ध

July 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । दाउन्ने–बर्दघाट सडकखण्ड अवरुद्ध भएको छ । नारायणघाट–बुटवल सडकको दाउन्ने–बर्दघाट खण्डको खुर्साने खोलानजिकै सडकको केही भाग वर्षाको कारण बगेको नारायणघाट–बुटवल सडक योजनाले जनाएको छ । वर्षाका कारण सडक बगेसँगै अहिले उक्त सडकखण्ड पूर्ण अवरुद्ध...बाँकी

बाढीले उपल्लो मुस्ताङमा ४ वटा पुल बगायो, २ पुलमा क्षति

July 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । उपल्लो मुस्ताङमा मङ्गलबार साँझ आएको लेदोसहितको बाढीले छवटा पुलमा क्षति पुर्‍याएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार नेपाल-चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका-४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण बाढी आएको हो।...बाँकी

सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित

July 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, राजनीति, समाचार
काठमाडौं । सरकार र नेपाल चिकित्सक संघबीच सहमति भएको छ । संघको नेतृत्वमा आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग मंगलबार साँझ सरकारले वार्ता गरेको थियो । स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया र...बाँकी

टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न अदालतको आदेश

July 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीलाई दुई लाख रूपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ। टेलिकमको बिलिङ सिस्टम अपग्रेडमा ३३ करोड रूपैयाँभन्दा बढीको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले मंगलबार उक्त आदेश गरेको हो।...बाँकी

रामकुमारीलाई स्पष्टीकरण बुझाउन ७ दिनको समय थप

July 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप ७ दिनको समय दिइएको छ। नेकापा एसको सचिवालय बैठकले झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप ७ दिनको समय दिएको हो । अध्यक्ष माधव नेपाल लक्षित आफ्नो अभिव्यक्तिबारे...बाँकी

जुम्लामा चट्याङबाट १९७ भेडा मरे

July 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । जुम्लामा चट्याङबाट १९७ भेडा मरेका छन्। जिल्लाको गुठीचौर गाउँपालिका–५ स्थित धौलीगाडको ठूलो हाँका पाटनमा सोमबार दिउँसो ४ः३० बजे चट्याङ पर्दा १९७ भेडा मरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रवीनबाबु...बाँकी

रसुवा बाढी उद्धारमा खटेकाे सेनाको हेलिकप्टर चिनियाँ भूमिमा

July 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
रसुवा । भोटेकोसीमा आएको बाढी प्रभावितलाई उद्धार गर्न गएको नेपाली सेनाको हेलिकप्टर चिनियाँ भूमिमा रोकिएको छ। सेनाको सानो हेलिकप्टर उद्धारका लागि अनुमति नलिई प्रवेश गरेकाले चिनियाँ सुरक्षा फौजले फोर्स ल्यान्डिङ गराएको स्रोतको दाबी छ। यता...बाँकी

रसुवा बाढीमा निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाहका १४ कामदार बेपत्ता

July 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । बाढीका कारण रसुवामा निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाहका १४ कामदार बेपत्ता भएका छन् । नेपाल इन्टरमोडल विकास समितिले बाढीमा १४ जना कामदार बेपत्ता पुष्टि गरेको हो । बेपत्ता हुनेमा ८ नेपाली र ६ चिनियाँ...बाँकी

सोबितालाई प्रधानमन्त्रीको सचिवालयको प्रश्न : स्पेन गएका को फर्किएनन् ?

July 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । स्पेन भ्रमणका गएकाहरू नफर्किएको समाचार आएको विषयमा रास्वपा सांसद सोबिता गौतमले प्रतिनिधिसभा बैठकमा उठाएको विषयलाई प्रधानमन्त्रीको सचिवालयले प्रतिवाद गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद सोबिता गौतमले गत १४–२० असारमा भएको प्रधानमन्त्रीको...बाँकी

प्रधानमन्त्रीसंग स्पेन भ्रमणमा गएकाहरू फर्किएनन् : सोबिता गौतम

July 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रमको बहानामा गएका मानिसहरू नफर्किएको बताएकी छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले भनिन्, ‘सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत...बाँकी