आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सरकार-जेनजीबीच भएको सम्झौतामा के-छ हेर्नुहोस् ? (पूर्णपाठ )

December 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । शासकीय अव्यवस्थविरुद्ध गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले स्वामित्व लिँदै त्यसक्रममा उठेका मागहरुलाई राज्यले सम्बोधन गर्ने सहमति गरेको छ । बुधबार साँझ सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका...बाँकी

ज्ञानेन्द्र शाहीको आरोप : प्रधानमन्त्री कार्कीले नक्कली जेनजीसँग वार्ता गरिन

December 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा नक्कली जेनजीसँग वार्ता गरेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीले नाटक र चटक गरेको बताएका हुन् । ‘प्रधानमन्त्री सुशीला कार्कीले...बाँकी

सुदनलाई जेठो छोरो भन्दै जेनजीहरूसँग प्रधानमन्त्रीले भनिन् : म आमा नै रहनेछु

December 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सरकार र जेनजी प्रतिनिधिबिच बुधबार केही महत्वपूर्ण सम्झौता भएका छन् । बुधबार साँझ सिंहदरबारमा भएको उक्त सम्झौतामा प्रधानमन्त्री सुशीला कार्कीले सम्झौताका सबै बुँदाहरू पूरा गर्न केही समय लाग्ने बताइन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...बाँकी

सम्झौतामा हस्ताक्षरपछि सिंहदरबारमा जेनजी समूहबीच झगडा

December 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकार र जेनजी पदाधिकारीबीच सम्झौतामा हस्ताक्षर भएको छ । बुधबार सिंहदरबारमा सरकार र जेनजी प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भएको हो । हस्ताक्षरलगत्तै केही जेनजीहरूले आपत्ति जनाएका छन् । जेनजी समूहबीच नै सिंहदरबारमा भनाभन भएको...बाँकी

जेनजी आन्दोलनलाई सरकारले दियो जनआन्दोलनको मान्यता

December 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिने भएको छ । बुधबार साँझ भएको सरकार र जेनजीहरूको सम्झौतामा उक्त आन्दोलनलाई जनआन्दोलनको मान्यता दिइने उल्लेख गरिएको छ।...बाँकी

लुम्बिनी दोस्रो क्वालिफायरमा : फाइनल प्रवेशका लागि भोलि विराटनगरसँग खेल्ने

December 10, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल)सिजन–२ को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार भएको इलिमिनेटरमा काठमाण्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको हो । काठमाण्डुले दिएको ११२...बाँकी

काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य

December 10, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । लुम्बिनी लायन्सका बलरसामु काठमाडौँ गोर्खाजका ब्याटर निरिह बन्दा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा स्थान बनाउनका लागि एक सय १२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...बाँकी

सरकार र जेनजीबीच आज सम्झौतामा हस्ताक्षर हुँदै

December 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकार र जेनजी प्रतिनिधिहरूबीच भएको सम्झौता हुने भएको छ । बुधबार (आज) साँझ ६ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्झौतामा हस्ताक्षर हुन लागेको हो । प्रधानमन्त्री कार्यालयको सगरमाथा हलमा हस्ताक्षर कार्यक्रम हुन लागेको...बाँकी

म्यानमारको अनलाइन स्क्यामिङ सेन्टरबाट ४७ नेपाली श्रमिकको उद्धार, पठाईयाे नेपाल

December 10, 2025 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, समाचार
काठमाडौं । म्यानमारमा अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्रमा बन्धक बनाई काममा लगाइएका ४७ जना नेपाली श्रमिकको उद्धार भएको छ । थाइल्यान्डको बैंककमा रहेको नेपाली दूतावासले थाइल्यान्ड र म्यानमार सरकारसँगको समन्वयमा उनीहरूलाई उद्धार गरी...बाँकी

विद्या भण्डारीको सदस्यता रोक्नु गलत : ईश्वर पोखरेल

December 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता रोक्नु गलत भएको बताएका छन्। पत्रकारहरूसँग अन्तरक्रियामा बोल्दै संविधान, विधान र अन्तराष्ट्रिय अभ्यासले पनि भण्डारीको सदस्यता रोक्न नमिल्ने भएकाले अवधारणामै ल्याएको बताए। उनले...बाँकी