Hamro Sanchar

गृहपृष्ठ शिक्षा, समाचार

नेपाल शिक्षक महासंघ, काठमाडौं जिल्ला कार्यसमिति अध्यक्षमा गणेश गुरागाई सर्वसम्मत, यस्तो बन्यो कार्यसमिति

July 3, 2026 | Posted by Pradip Nepali |  शिक्षा, समाचार
काठमाडौं, असार १९- नेपाल शिक्षक महासङ्घ जिल्ला समिति काठमाडौं पहिलो पटक गठन भएको छ। नेपाल शिक्षक महासंघका राष्ट्रिय अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित कार्यक्रममा २७ सदस्यीय जिल्ला कार्यसमितिले पूर्णता पाएको हो। नवगठित कार्यसमितिको अध्यक्षमा...बाँकी

यी हुन् बालेनले नियुक्ति गरेका ७ विश्वविद्यालयमा नयाँ उपकुलपति

July 3, 2026 | Posted by Pradip Nepali |  शिक्षा
१९ असार, काठमाडौं । प्रधानमन्त्री तथा विभिन्न विश्वविद्यालयका कुलपतिसमेत रहेका बालेन शाहले देशका सात वटा विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरेका छन्। आज गरिएको निर्णयअनुसार उच्च शिक्षा क्षेत्रका विभिन्न विश्वविद्यालयले नयाँ नेतृत्व पाएका हुन्। सरकारको निर्णयअनुसार...बाँकी

त्रिविको उपकुलपतिमा भोला थापा नियुक्त

July 3, 2026 | Posted by Pradip Nepali |  शिक्षा
१९ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.भोला थापा नियुक्त भएका छन्। त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार प्रा.डा.थापालाई उपकुलपति नियुक्त गरेका हुन्। काठमाडौँ विश्वविद्यालयको पूर्व उपकुलपति समेत रहेका प्रा.डा. थापा इन्जिनियर हुन्।...बाँकी

अबदेखि विद्यालयहरुले विद्यार्थीको कपाल काट्न र शुल्क नतिरे अपमानित गर्न नपाइने

July 3, 2026 | Posted by Pradip Nepali |  शिक्षा
१९ असार, काठमाडौँ । अबदेखि विद्यालयहरुले जबरजस्ती विद्यार्थीको कपाल काट्न वा कटाउन नपाउने भएका छन् । सरकारले स्वीकृत गरेको शिक्षा नियमावली ९१०औँ संशोधन० मा यस्तो व्यवस्था गरिएको हो । जबरजस्ती विद्यार्थीको कपाल काट्दा वा कटाउँदा...बाँकी

उत्कृष्ट शैक्षिक नतिजाका आधारमा विश्व निकेतन माविलाई काठमाडौं महानगरपालिकाको दोहोरो सम्मान, रु. १ लाख नगद पुरस्कार

July 2, 2026 | Posted by Pradip Nepali |  शिक्षा, समाचार
काठमाडौं, असार १८- उत्कृष्ट शैक्षिक नतिजा हासिल गरेपछि विश्व निकेतन माध्यमिक विद्यालयलाई काठमाडौं महानगरपालिकाले दोहोरो सम्मान गरेको छ। विद्यालयले आधारभूत तह (कक्षा ८) र माध्यमिक शिक्षा परीक्षा (एसईई ) २०८२ को नतिजाका आधारमा कुल रु....बाँकी

बैदेशिक अध्यायका लागि बेलायत जाने विद्यार्थीको रोजाईमा BPP विश्वविद्यालय पहिलो ! बर्ष २०२६ अवार्डद्वारा सम्मानित

July 2, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, शिक्षा
काठमाडौं, असार- १८  बेलायतको विद्यार्थी समीक्षा प्लेटफर्म Student Crowd ले सार्वजनिक गरेको Best UK Universities League Table 2026 मा BPP University पहिलो स्थानमा परेको छ। उक्त र्याङ्किङ विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले दिएका समीक्षा (Reviews) र रेटिङ...बाँकी

परीक्षा सकिएको एक हप्ताभित्रमा परीक्षाफल

July 1, 2026 | Posted by Pradip Nepali |  शिक्षा
वाग्मती । वाग्मती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा संकायको पहिलो सेमेष्टरको परीक्षा सकिएको एक हप्ताभित्रमा नतिजा प्रकाशित गरेको छ । विश्वविद्यालयले परीक्षाफल समयमा नै प्रकाशन गर्ने लक्ष्यअनुरुप परीक्षा सम्पन्न भएको सातौँ दिनमा तीनवटै संकायको पहिलो सेमेष्टरको...बाँकी

आंगिक क्याम्पसलाई त्रिविको निर्देशन : विद्यार्थी संगठनका संरचना हटाउ

June 29, 2026 | Posted by Pradip Nepali |  शिक्षा
१५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण आंगिक क्याम्पसभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका उपनिर्देशक सन्देशकुमार रेग्मीले क्याम्पस प्रमुखहरूलाई पठाएको पत्रमा शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालय...बाँकी

चौतर्फी आलोचनापछि शिक्षामन्त्रीको दाबी : कक्षा १२ को नतिजामा कुनै हतार गरिएको होइन

June 25, 2026 | Posted by Pradip Nepali |  शिक्षा
११ असार, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजा प्रक्रियाप्रति सरकार स्पष्ट र विश्वस्त रहेको बताएका छन्। आज काठमाडौंको माइतीघरमा विद्यार्थीहरूले गरेको प्रदर्शनपछि सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै मन्त्री पोखरेलले नतिजा प्रकाशनमा...बाँकी

गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय बिदा

June 25, 2026 | Posted by Pradip Nepali |  शिक्षा
११ असार, वीरगञ्ज । वीरगञ्जमा अत्यधिक गर्मी बढ्न थालेपछि यहाँका सबै विद्यालयमा चार दिनका लागि बिदा दिइएको छ । वीरगञ्ज महानगरपालिकाले आज सूचना जारी गरी बढ्दो गर्मी र अत्यधिक तापक्रम (लू) लाई मध्यनजर गर्दै महानगर...बाँकी