
काठमाडौं । पक्राउ परेका केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ ।
काठमाडौं प्रहरी परिसर भद्रकालीमा रहेका ओलीको स्वास्थ्य अवस्था ख्याल गरेर त्रिवि शिक्षण अस्पतालमा लैजान लागिएको हो ।
“उहाँ बिरामी हुनुहुन्छ,” प्रहरी स्रोतले भन्यो,“स्वास्थ्य अवस्थालाई मध्येनजर गर्दै त्रिवि शिक्षण अस्पताल पठाइएको हो ।”
ओलीले धेरै औषधि लिनुपर्ने भएकाले उनका सहयोगी राजेश शाक्यलाई पनि सँगै राखिएको छ । ओलीको स्वास्थ्य परीक्षण गरेपछि कहाँ राख्ने भन्ने जानकारी दिन सकिने जनाइएको छ ।











