Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अर्थतन्त्र संकटमा छैन : अर्थमन्त्री पुन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, ४ गते


Advertisement

काठमाडौं, चैत ४- अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रका सूचक पछाडि रहे पनि समग्रमा अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । नागरिक लगानी कोषको ३४औं वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पुनले अर्थतन्त्रका सूचक पछाडि रहे पनि समग्रमा अर्थतन्त्र संकटमा नरहेको बताएका हुन् । अर्थतन्त्रलाई लिएर निराशा फैलाउने काम नगर्न पनि उनले आग्रह गरे ।

एक वर्षभन्दा बढीका लागि वस्तु तथा सेवाको आयात धान्ने विदेशी मुद्रा सञ्चिती रहेको, बैंकहरुमा लगानी योग्य रकम (तरलता) पर्याप्त रहेको तथा विप्रेषणमा नयाँ रेकर्ड कायम हुनुले आगामी दिनमा नेपाली अर्थतन्त्रको भविष्य राम्रो रहेको संकेत दिने उनको भनाइ थियो । ‘गत वर्ष ७ महिनाका लागि मात्र धान्ने विदेशी मुद्राको सञ्चिती हुँदा श्रीलंका हुन्छ भनिएको थियो । सरकार सञ्चालन गरिरहेको राजनीतिक नेतृत्वले त्यतिबेला हामी श्रीलंकाको बाटोमा छैनौं भनेर आश्वस्त पारेको थियो’, पुनले भने, ‘बैंकिङ तरलता बढेर बैंकहरु लगानीको क्षेत्र खोजिरहेका छन् ।’

यद्यपि अर्थतन्त्रमा केही शिथिलता भने रहेको उनले स्वीकार गरे ।


प्रतिकृया दिनुहोस्