Hamro Sanchar

सरकार र आन्दोलनकारी शिक्षकबीचको वार्ता रोकियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, ५ गते


Advertisement

काठमाडौं, असोज ५- सरकार र आन्दोलनकारी शिक्षकबीच चलिरहेको वार्ता रोकिएको छ ।

आन्तरिक छलफलका लागि भन्दै सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता रोकिएको हो । आज बिहान ९ बजे आन्दोलनरत शिक्षकसँग सरकारले छलफल गर्ने भनेकोमा दुवै तर्फ आन्तरिक छलफल गरेपछि वार्ता गर्नेगरी समय सारिएको बताइएको छ ।

बिहान ९ बजे नै आन्दोलनरत शिक्षकका प्रतिनिधि छलफलका लागि सिंहदरबार पुगेका थिए । तर, बिहान कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मन्त्रालयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग छलफल गरेका थिए । छलफलपछि कानुनमन्त्री गुरुङले आज नै वार्ता निष्कर्षमा पुग्ने बताएका थिए ।

तर, दुवै तर्फबाट आन्तरिक छलफल गर्ने भनिएसँगै वार्ताको समय सारिएको नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए । उनले वार्ताका लागि दुवै पक्ष आन्तरिक तयारीमा जुटेको जानकारी दिए ।


प्रतिकृया दिनुहोस्