काठमाडौं, साउन ६- काठमाडौंको कागेश्वरी मनोहरा वडा नम्बर-६ मुलपानीस्थित बाबाचोकमा रहेको विद्या आर्जन अंग्रेजी माध्यमिक विद्यालयले माध्यामिक शिक्षा परिषद (एसईई) मा संलग्न हुने विद्यार्थीलाई सम्मान तथा बिदाई गरेको छ ।
शुक्रबार विद्यालयले आफ्ना एसईई उत्तीर्ण विद्यार्थीहरुलाई एक वृहत् सम्मान कार्यक्रम आयोजना गरेर बिदाई गरेको हो ।
नगरपालिकाका शिक्षा प्रमुख गोविन्द शर्मा पौड्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एसईइ उत्तीर्ण भएका विद्यार्थीलाई मायाको चिनो प्रदान गरी अविर तथा खादा ओढाएर विदाई गरिएको थियो ।
अगाडिको शिक्षाको लागी खुल्ला आकाशमा उड्न र रमाउन तयार भएका विद्यार्थी फलामे ढोका मानिने परिक्षामा पास भएकोमा खुशी देखिएपनि वर्षौ देखी पढ्दै आएको विद्यालयबाट बिदाइको पिडा सजिलै अनुहारमा देख्न सकिन्थ्यो । विगतमा धेरै कठोर र आवश्यक्ता पर्दा थोरै कोमल भएर मार्गदर्शन गर्ने शिक्षकहरुको अनुहार पनी मलिन थियो ।
कक्षा १० को आयोजना तथा कक्षा ९ को सह-आयोजनामा विद्यालयले विधार्थी, शिक्षक, अभिभावक एवं विद्यालय परिवारसँग खुशी साट्नका लागी बधाइ एवं शुभकामना कार्यक्रमको आयोजना गरेको हो ।
विद्यालयबाट २५ जना विद्यार्थीले एसईई परिक्षा दिएका थिए । विद्यालयका प्रधानाध्यापक घनेन्द्र भट्टराईले परिक्षामा सामेल सबै विद्यार्थीले ३.८ जिपिएका साथ जुनसुकै विद्यालयमा गएर आफुलाई मन लागेको बिषय छनोट गरेर पढ्न सक्ने गरी नतिजा ल्याएको जानकारी दिए । प्रधानाध्यापक भट्टराईले विद्यालयले प्राप्त भएको सफलतामा विद्यार्थी, अभिभावक, शिक्षक एवं गैर शिक्षक कर्मचारी सबैको योगदान रहेको स्मरण गरे ।
उनले भने, ‘विद्यालयको गरिमा रहनेगरी विद्यार्थीहरुले सफलता प्राप्त गरेका छन्, यो उपलब्धि विद्यार्थीहरुको मेहनत, अभिभावक, शिक्षक सबैको योगदानको प्रतिफल हो । कक्षा १० सकेर गएपछि जिम्मेवारी बढ्छ, जिम्मेवार नागरिकको भूमिका निभाउनु होस्, अबको समय भविष्य निर्धारण गर्ने खुड्किलो हो, संयमित भएर अघि बढ्नुहोस् ।’
प्रधानाध्यापक भट्टराईले उच्च शिक्षाको लागि तयार भएका विद्यार्थीको उज्वल भविष्यको कामना गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुलाई बधाई तथा शुभकामना मन्तव्य राख्दै अतिथि तथा वडाका जनप्रतिनिधि कपिल खनालले विद्यालयले गरेको प्रगति देखेर खुशी लागेको बताए । उनले विद्यार्थी जीवन नै जीवनको सबैभन्दा रमाइलो र संघर्ष गर्ने समय भएकाले आगामी दिनमा सुन्दर भविष्य निर्माणका लागि मेहनेतलाई निरन्तरता दिन र अनुशासनलाई विन्दुमा समातेर अगाडी बढ्न विद्याथीहरुलाई सुझाव दिए ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) काठमाडौं जिल्ला उपाध्यक्ष सुर्य भण्डारीले नेपालको निजी क्षेत्रले शिक्षामा पुर्याएको योगदानका बारेमा प्रष्ट पार्दै विद्यालय बचाउन आफूहरु संस्थागत र नीतिगत रुपमा लागि परेको बताए । उनले विद्यार्थीको एसईईमा उतीर्ण विद्यार्थीको उज्वल भविष्यको कामना गरे ।
कार्यक्रममा विद्यालयका पुर्व विद्यार्थी साकार गजुरेलले बिगतका विद्यार्थी जीवनका अनुभव सुनाएका थिए । उनले विद्यार्थीलाई आगामी दिनका चुनौतीहरु र भबिष्यको बारेमा बोल्दै विद्यार्थीको उज्वल भविष्यको कामना गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि शर्माले एसईई दिएका विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याएको भन्दै खुसी व्यक्त गरे । उनले विद्यार्थीले अध्यापनसँगै विद्यार्थीमा लुकेका प्रतिभालाई पनि बाहिर ल्याउने कोशिस गरेको भन्दै विद्यालयको प्रशंशा गरे । साथै प्रमुख अतिथि शर्माले उनले हिजोको जस्तो सुनौलो मैका हैन प्रतिस्पर्दाको समय भएकाले आफ्नो रुचि अनुसार अधि बढ्न विद्यार्थीहरुलाई सुझाव दिए ।
कार्यक्रमका अध्यक्ष गरिरहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका गणेश दाहालले उनले विद्यार्थीको प्रगतिका लागि बिदाई गरिएकोले आउँदो शैक्षिक यात्रामा विद्या आर्जनको विशिष्टता कायम गर्न सुझाव दिए । विद्या आर्जन २०७५ र २०७८ मा नगरकै उत्कृष्ट विद्यालय हुन सफल भएको स्मरण गर्दै भावी दिनमा नगरकै शिक्षाको केन्द्र र शैक्षिक धरोहरको रुपमा बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले उच्च शिक्षा अध्ययनको सुरुवात गरेका विद्यार्थीलाई शैक्षिक सफलताको कामना गरे ।
विद्यार्थीलाई देशकै सक्षम नागरिक बन्ने लक्ष्यका साथ अघि बढ्न सुझाव दिँदै वि.व्य.स. अध्यक्ष दाहालले अध्ययनलाई फलदायि बनाउनका लागि निरन्तर अध्ययन तथा लगनशिलताको गुण विद्यार्थीमा हुनै पर्ने सुझाव दिँदै एसईईमा उतीर्ण विद्यार्थीको उज्वल भविष्यको कामना गरेका थिए ।
विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।
विद्यालयले अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । भने विद्यालयका शिक्षक केशव खनाललाई उत्कृष्ट शिक्षक अवार्डले सम्मान गरेको थियो ।
तस्विरहरु- बल बहादुर केसी