Hamro Sanchar

चट्याङ लागेर एक जनाको मृत्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, २८ गते


काठमाडौं, असार २८- गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर गुल्मीको मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी १५ वर्षीया टीका बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बुधबार साँझ घरमै चट्याङ लागेर घाइते भएकी बलालको उपचारको क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।


प्रतिकृया दिनुहोस्