काठमाडौं, असार २६- ललितानिवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले मंगलबार दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए ।
पक्राउ पर्नेमा तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिददार नारायणदास मिश्र छन् ।
योसँगै पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।