Hamro Sanchar

देशका बिभिन्न भागमा कोरोना सक्रमण फैलिन थालेपछि गोकर्नेश्वोर नगरपालिकाले निकाल्यो यस्तो सुचना !

सुदिप बर्देवा प्रकाशित : २०७९ चैत्र, २ गते


Advertisement

काठमाडौं, चैत २- देशका बिभिन्ना भागमा कोरोना संक्रमण बढेसंगै काठमाडौंमा पनि सतर्कता अपनाउन थालिएको छ । यसैबीच काठमाडौंको गोकर्नेश्वोर नगरपालिकाले कोभिड बिरुद्दको फईजर बाईभ्यालेन्ट खोपको बुस्टर मात्रा लगाउन छुटेका नगरबासीलाई यथासक्य चाडो बुस्टर खोप लगाउन अपिल गरेको छ ।

नगरपालिकाले आज एक सुचना जारी गर्दै बुस्टर मात्रा लगाउन छुटेका ५५ वर्ष माथीका बुस्टरको पहिलो र दोश्रो मात्रा लिन बाँकी व्यक्तिहरु, स्वास्थ्यकर्मी सबै, १२ वर्ष माथीका  रोग प्रतिरोध क्षेमता कम भएका दिर्घ रोगी व्यक्तिहरु, गर्भवती महिलाहरु तथा पूर्णमात्रा लगाएको ३ महिना पुरा भएका र पहिलो बुस्टर लगाएको ६ महिना पुरा भएका व्यक्तिहरुलाई यथासक्य चाडो बुस्टर मात्र लगाउन अनुरोध गरेको छ ।

नगरपालिकाले यसको लागी नगरपालिका भित्र बिभिन्न  ९ वटा स्वास्थ्य चौकीबाट खोप कार्यक्रम संचालन हुने जानकारी नगरबासीलाई जानकारी गराएको छ ।

सुदूरपश्चिम प्रदेशमा आजै मात्र ६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो। कोरोना भाइरसको संक्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा संक्रमण देखिन थालेको छ ।

 


प्रतिकृया दिनुहोस्