Hamro Sanchar

रामेछापमा कांग्रेसका कान्छाराम विजयी

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, ११ गते


Advertisement

काठमाडौं । रामेछापको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् । तामाङले नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मतले पराजित गरेका हुन् ।

कांग्रेस रामेछापको जिल्ला सभापति तामाङले ४७ हजार ९८ मत पाउँदा ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गरे । २०७० मा कांग्रेसको समानुपातिक उमेदवारको बन्दसूचीमा परेका थिए । २०७४ को प्रतिनिधिसभा रामेछापमा पराजित भए । यसपटक उनले ढुंगेलसँग बदला लिएका छन् ।


प्रतिकृया दिनुहोस्