रौतहट, भदौ १४- रौतहटमा चट्याङ लागेर एकै गाउँका तीन जनाको मृत्यु भएको छ । गरुडा नगरपालिका–३ मलामी टोलमा आज बिहान परेको चटयाङबाट तीन जनाको मृत्यु भएको हो ।
खेतमा काम गरिहेको बेला चटयाङ लागि गरुडा नगरपालिकाकी ३९ वर्षीया सुनिता देबी, २९ वर्षीया जगिया कुमारी, १८ वर्षीया मुनिका कुमारीको मृत्यु भएको हो ।
घटनामा एक जना घाइते भएका छन् ।
चट्याङ लागेर एउटै गाउँको एकैपटक तीनजनाको मृत्यु हुँदा सिंगो मलाही गाउँ शोकमग्न भएको छ । खेतमा कामगर्ने क्रममा चट्याङ लाग्दा सँगै रहेकी वर्ष ४० कि सैलीदेवी सामान्य घाइते भएकी छन् । उनको गरुडा स्थित सिटी हस्पिटलमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय गर्बुजाले जनाएको छ ।