Hamro Sanchar

न्यूरोडको सुरज आर्केड भत्काउन पुगेको महानगरको टोली फर्कियो, दियो यस्तो अल्टिमेटम

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, १३ गते


Advertisement

काठमाडौं, भदौ १३- काठमाडौंको न्यूरोडस्थित सुरज आर्केडमा बनेको अवैध संरचना हटाउन पुगेको महानगरपालिकाको टोली २४ घन्टाको समय दिएर फर्किएको छ ।

आर्केडका बेसमेन्टमा रहेका पसल खाली गर्न महानगरपालिकाले २४ घन्टाको समय दिएको हो ।

सवारी पार्किङका लागि नक्सा पास गरी बनाइएका संरचनामा सटर राखेको पाइएपछि महानगरले खाली गराउन लागेको हो ।

पार्किङका लागि नक्सा पास भएको सुरज आर्केडको अन्डरग्राउन्डमा सटर राखेर विभिन्न पसलहरू राखिएको छ ।

महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले यसअघि नै आफूहरूले पटक पटक जानकारी गराइसकेको भएकाले अन्तिम पटक आज दिनभरीका लागि समय दिएको बताए ।

महानगरले बसन्तपुर प्लाजाको अन्डरग्राउन्ड पनि खाली गराउने भएको छ । पार्किङका लागि बनाएको संरचना ब्यापारिक प्रयोजनका लागि भाडामा दिएपछि त्यसलाई हटाउन खोजिएको महानगरले जनाएको छ ।


प्रतिकृया दिनुहोस्