काठमाडौं, भदौ १२- कर्मचारी सञ्चय कोषको भवन ‘काठमाडौं मल’ को नक्सा पास र भवन निर्माण इजजात दुवै नभएको पाइएको छ ।
आइतबार कर्मचारी सञ्चय कोषका पदाधिकारी काठमाडौं महानगरपालिका बिच भएको छलफलमा कोषको नक्सा पास र भवन निर्माण इजजात दुवै नभएको पाइएको हो ।
कर्मचारी सञ्चय कोषले महानगरपालिकाबाट नक्सा पास नभएता पनि भवन निर्माण गरेको थियो ।
सञ्चय कोषले नक्सा पास र भवन निर्माण इजजात दुवै नगरेमा महानगरले भवन भत्काउने काठमाडौं महानगरका मेयरकाे स्वकीय सचिव भुपदेव साहले बताए ।
उनले भने,’यही विषयको बारेमा अहिले छलफल भइरहेको छ । यो कुरामा सञ्चय कोषले अटेर गरिरहेको छ । यदि सञ्चय कोषले नक्सा पास र भवन निर्माण इजजात दुवै नगरेमा महानगरले भवन भत्काउँने छ ।’
पछिल्लो समय काठमाडौं महानगरले अवैध संरचना भत्काउने अभियान थालेको छ ।