Hamro Sanchar

टिकटक बनाउदै गर्दा नारायणी नदीमा खसेका युवा तीन दिनदेखि वेपत्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असार, ११ गते


Advertisement

चितवन, असार ११- टिकटक बनाउने क्रममा नारायणी नदिमा खसेका एक युवा तीन दिन देखि वेपत्ता भएका छन् । विहिबार विहान ९ः५० बजे भरतपुर ४ शिवघाट स्थित नारायणी नदी किनारमा टिकटक बनाउने क्रममा भरतपुर मिलनचोकका २१ वर्षिय युवा विनित घिमिरे वेपत्ता भएका हुन् ।

अक्सफोर्ड कलेजमा इन्जिनियरिङ बिषय पढ्दै गरेका घिमिरेको तीन दिनदेखि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

घटनापश्चात नेपाल प्रहरी, शशस्त्र प्रहरीको सहयोगमा स्थानीले खोजीकार्य जारी राखेका छन् ।


प्रतिकृया दिनुहोस्