Hamro Sanchar

कोरोनाका कारण बन्द भएको प्लाटिनियम होटल ‘महाविर प्यालेस’को नामबाट सञ्चालित, के-के छन् सुविधा ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असार, ८ गते


Advertisement

काठमाडौं, असार ८- चार तारे होटल प्लाटिनियम महाविर प्यालेसका नाममा सञ्चालनमा आएको छ । कोभिडको कारण बन्द भएको होटल नारायण पौडेलको समूहले महाविर प्यालेसका नामबाट सञ्चालनमा ल्याएको हो ।

समुहले करिव १० करोड रुपैयाँ लगानी थप गरेर संचालन गरेको बताएको छ ।

काठमाडौंको सोल्टी मोडमा रहेको प्याटिनियम कोभिड पछि बन्द भएको थियो ।

होटलका सबै कोठाहरुको रिनोभेसन गरेर नयाँ व्यवस्थापनका सञ्चालनमा ल्याएको महाविर प्यालेसका सञ्चालक नारायण पौडेलले बताए ।

प्लाटिनियमका लगानीकर्ताबाट पौडेल नेतृत्वको समूहले खरिद गरे महाविर प्यालेसमा रुपान्तरण गरेका हुन्।

होटलमा १४ वटा डिलक्स, ३२ वटा सुपर डिलक्स, १४ प्रिमियम, २ वटा स्विट रुम रहेका छन् ।

होटलमा ओपनिङको अवसरमा विशेष छुट दिएको जनाएको छ । एक रातको न्यूनतम ४५ सय रुपैयाँदेखि १४ हजार रुपैयाँसम्मका कोठा रहेका छन् । ग्रुप बुकिङ गर्नेलाई सफ्ट ओपनिङ गरेको होटल व्यवस्थापनले असार १२ गतेदेखि औपचारिक शुभारम्भ गरेर सञ्चालनमा ल्याउने भएको छ । ओपनिङ अफरमा ४० प्रतिशत छुट रहेको होटल व्यवस्थापनले जनाएको छ ।


प्रतिकृया दिनुहोस्