Skip

Hamro Sanchar

सुनको मूल्य तोलामा २ हजारले बढ्यो, चाँदी पनि महँगियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, १३ गते


Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर २ लाख ४८ हजार १०० रुपैयाँ पुगेको छ।

शुक्रबार सुन प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ।

शुक्रबार ३ हजार १९५ रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार बढेर ३ हजार २१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

सुनको भाउ उकालो लाग्यो, तोलामा २ हजारको वृद्धि


प्रतिकृया दिनुहोस्