Skip

Hamro Sanchar

पिकअप दुर्घटना हुदा १ जनाको मृत्यु: १३ घाइते, दुईको अवस्था गम्भीर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, १० गते


Advertisement

१० मंसिर, काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा ट्याक्टर र पिकअप एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनास्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीका ३० वर्षीय चुरेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार डण्डाबाट सर्दीतर्फ जाँदै गरेको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको ट्याक्टर आपसमा ठोक्किएका थिए। दुर्घटनामा घाइते भएका १३ जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

उनीहरूलाई थप उपचारका लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्