Skip

Hamro Sanchar

राजकीय भ्रमणमा भारत उडे प्रधानमन्त्री बालेन, मोदीसँग भेटवार्ता हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ६ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन्।

प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली गएका हुन्।

भ्रमण टोलीमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी छन्।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम छ।

भ्रमणका क्रममा शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायत उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्नेछन्।

दुईदिने भ्रमण पूरा गरी प्रधानमन्त्री शाह सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ।


प्रतिकृया दिनुहोस्