Skip
आज : २०८३ आश्विन २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जाजरकोटमा जिप दुर्घटना : आमाको मृत्यु, ४ वर्षीय छोरा घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २९ गते


Advertisement

जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

प्रहरीका अनुसार बिहीबार बिहान करिब २ बजे सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२४३ नम्बरको जिप अनियन्त्रित भई करिब ३०० मिटर तल खसेको थियो।

दुर्घटनामा जिप चालक २० वर्षीय सन्तबहादुर बस्नेत र जुनिचाँदे–३ की ३० वर्षीया विपना भण्डारीको घटनास्थलमै मृत्यु भएको हो।

विपनाका श्रीमान् दिलबहादुर भण्डारी, चार वर्षीय छोरा सुशील भण्डारी र ५० वर्षीया सितला टमटा घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस्