Skip

Hamro Sanchar

कर्णालीमा कांग्रेसका मन्त्रीको सामूहिक राजीनामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ३१ गते


३१ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट सहभागी सबै मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

आज मुख्यमन्त्री यामलाल कँडेलसमक्ष उनीहरूले एकसाथ राजीनामा बुझाएका हुन् ।

सामाजिक विकास मन्त्री घनश्याम भण्डारीका अनुसार विकसित राजनीतिक परिस्थिति र आन्तरिक छलफलपछि कांग्रेसका सबै मन्त्रीले संयुक्त रूपमा राजीनामा बुझाउने निर्णय गरेका हुन्।

राजीनामा बुझाउनेहरूमा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी रहेका छन् ।


प्रतिकृया दिनुहोस्