Skip

Hamro Sanchar

प्रधानमन्त्री बालेनको शपथमा नगएका ओलीले सामाजिक सञ्जालमा दिए बधाई

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १३ गते


काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा नगएका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालबाट बालेनलाई बधाई दिएका छन्।

बालेनको शपथ ग्रहण समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी भए पनि ओली अनुपस्थित भएका थिए।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि विदेशमा रहेका कारण समारोहमा उपस्थित थिएनन्।

तर, ओली भने काठमाडौँमै रहे पनि बालेनको शपथ समारोहमा नगएका हुन्।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई। नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषदका सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।


प्रतिकृया दिनुहोस्