Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, ६ गते


Advertisement

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बीपी स्मृति भवनमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

असोज २८ गतेदेखि शुरु भएको केन्द्रीय कार्यसमिति बैठक महाधिवेशनको मितिबारे नै केन्द्रित छ ।

अहिलेसम्म बैठकमा विभिन्न पद पदाधिकारी र सदस्यले धारणा राखेका छन् । महाधिवेशनको मितिबारे पटकपटक गरिएको आन्तरिक छलफल निष्कर्षमा पुग्न सकेको छैन ।

आमनिर्वाचनअघि पार्टीको १५ औँ महाधिवेशन गर्ने कि पछि गर्ने भन्नेमै कांग्रेसमा पदाधिकारीहरु विभाजित छन् ।

कार्यबाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका पदाधिकारीले विवादको निरूपण गरेर सहमति जुटाउने प्रयास गरेका छन् तर सार्थकता पाएको छैन ।

कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेस गरेपछि त्यही दिन सहमहामन्त्री महेन्द्र यादवले २०८३ वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस गरेपछि कांग्रेसमा महाधिवेशनबारे एक मत हुन सकेको छैन


प्रतिकृया दिनुहोस्