Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

शंकर पोखरेल भन्छन् : माधवले पार्टीलाई माओवादीमा विसर्जनका रुपमा अन्त्य गराए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २४ गते


Advertisement

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधव नेपालसहितका नेताहरू माओवादी पार्टीमा गएर विसर्जन भएको जिकिर गरेका छन् ।

आज राष्ट्रिय सभा गृहमा आयोजित घर फर्क अभियान घोषणा सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

एमालेका मान्यतामा अडिग भएर बलियो पार्टी बनाउने संकल्पलाई ध्यान नदिइ माधव नेपालसहितका नेताहरूलाई पार्टीलाई माओवादीमा विसर्जन गराएको बताए ।

‘वास्वतमा माधव नेपालको नेतृत्वमा नेकपा एमालेका मान्यतामा अडिग रहेर बलियो पार्टी निर्माण गर्ने संकल्प आज माओवादी पार्टीमा विसर्जनका रुपमा अन्त्य भएको छ,’ पोखरेलको भनाइ छ ।

उनले राष्ट्रमाथि संकट परेको बेलामा सधैँ एमाले अघि बढेको बताए ।

‘हामीले नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा हाम्रो पार्टी नेकपा एमाले जतिबेला राष्ट्रमाथि चुनौती उत्पन्न हुने गर्छ त्यतिबेला राष्ट्रलाई संकटबाट बाहिर निकाल्नका लागि अघि बढ्छ भन्ने कुरा इतिहासले पुष्टि गरेको छ,’ उनले भने ।


प्रतिकृया दिनुहोस्