Skip

Hamro Sanchar

कात्तिक २६ गते भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २४ गते


काठमाडौं । नेकपा (एमाले)ले कारबाही गरेपछि मातृभूमि जागरण अभियान, नेपाल चलाइरहेका भीम रावल नेपाल कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् ।

यही कात्तिक २६ गते दिउँसो १ः३० बजे राष्ट्रिय सभागृहमा पार्टी समायोजन कार्यक्रम राखिएको नेपाली कम्युनिस्ट पार्टीले जनाएको छ ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपालसहितको उपस्थितिमा रावललाई भित्र्याउने कार्यक्रम तय भएको नेताहरूले जनाएका छन् । रावललाई पार्टीमा भित्र्याउन आइतबारमात्रै नेताहरूले भेटघाट गरेका थिए ।

पार्टीमा छैटौँ वरीयता पाउने गरी सहमति भएको एक नेताले जानकारी दिए । प्रचण्ड, माधव, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठपछिको वरीयतामा रावल रहनेछन्


प्रतिकृया दिनुहोस्