Skip

Hamro Sanchar

आवश्यक कागजात बोकेर आयोग पुगे नेपाली कम्युनिष्ट पार्टीका नेता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २३ गते


काठमाडौं ।दल दर्ताका लागि नेपाली कम्युनिस्ट पार्टीका नेताहरु निर्वाचन आयोग पुगेका छन् । उनीहरु दल दर्ताका लागि आवश्यक कागजात लिएर नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।

केही दिन अघि नेकपा माओावादी एकीकृत समाजवादीसहित १० बाम घटकहरुले पार्टी एकताको घोषणा गरेका थिए । पार्टी एकताको घोषणासँगै नयाँ दलको घोषणा गरेर नेपाली कम्युनिस्ट पार्टी राखेका थिए ।

वर्षमान पुन, देव गुरुङ, राजेन्द्र पाण्डे लगायतका नेताहरु दल दर्ताका लागि आयोग पुगेका हुन् । यसअघि २० गते नै नेकपाले दल दर्ताका लागि निवेदन दिइसकेको थियो । आज १० दलका नेताहरु दल दर्ताका लागि आवश्यक कागजात बोकेर आयोगमा पुगेका हुन् ।


प्रतिकृया दिनुहोस्