Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कारागारबाट भागेका स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगका प्रतिवादी बम्जन पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २३ गते


Advertisement

काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनको आरोप लागेका ज्ञानबहादुर बम्जन पक्राउ परेका छन्।

भदौ २४ गतेको जेनजी आन्दोलनको मौका छोपेर काठमाडौँ प्रहरी परिसरको हिरासतबाट भागेका उनी काठमाडौँ महानगरपालिका-२६ ठमेलबाट पक्राउ परेका हुन्।

सिन्धुलीको दुधौली नगरपालिका-७ का ५४ वर्षीय बम्जन गीतेन्द्रबावु राई (जीबी)का जेठान हुन्। कास्की, पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा उनलाई अदालतले १० लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले गत वर्ष पुस २१ गते रास्वपा सभापति रवि लामिछाने, बम्जनसहित ३९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौँमा अभियोग पत्र दायर गरेको थियो।

बम्जनविरुद्ध पूरक अनुसन्धान पेस गर्ने तयारी प्रहरीको छ।


प्रतिकृया दिनुहोस्