Skip

Hamro Sanchar

त्रिपक्षीय वार्तामा जेनजीले भने : चुनाव मात्रै भएर हुँदैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १२ गते


काठमाडौं । सरकार र दलहरूसँग वार्ताका लागि पुगेका जेनजीहरूले आफ्ना मागहरू पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको त्रिपक्षीय वार्तामा सहभागीहरूले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, आफूहरूलाई चुनाव चाहिएको भए पनि चुनावमात्रै भएर पनि नहुने जेनजी प्रतिनिधिहरूले बताएका छन् ।

‘चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव चुनाव भनेर मात्र हुँदैन,’ जेनजी प्रतिनिधिहरूको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।

साथै उनीहरूले आन्दोलनको मुख्य माग भनेको सुशासन रहेको र त्यसका लागि सरकारसँग सँगसँगै अघि बढ्ने बताएका छन् ।

‘हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो । भ्रष्टाचारविरुद्धको कारबाही हो । यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ,’ वार्तामा जेनजीहरूले भनेका छन् ।


प्रतिकृया दिनुहोस्