Skip

Hamro Sanchar

संसद् विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १२ गते


काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

बुधबार संवैधानिक इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले अन्तरिम आदेश माग गरिएका विषय अन्तिम आदेशबाटै सम्बोधन हुने प्रकृतिका रहेको निष्कर्ष सुनाएको हो।

सर्वोच्चले रिटमा उठाइएका संवैधानिक र कानुनी प्रश्नमा विपक्षीहरूबाट सात दिनभित्र लिखित जवाफ मागेको छ ।


प्रतिकृया दिनुहोस्