Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भारी हिमपातका कारण मनाङमा फसेका १५०० जनाको उद्धार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १२ गते


Advertisement

काठमाडौं । भारी हिमपातका कारण मनाङका विभिन्न स्थानमा फसेका १ हजार ५ सय जनालाई नेपाली सेनाको नेतृत्वमा उद्धार गरिएको छ।

नेपाली सेनाले बुधबार बिहान दिएको जानकारीअनुसार मनाङ जिल्लाका तिलिचो, खाङ्गसार, पिसाङ, अप्पर मनाङ तथा हुम्दे इलाकाहरूमा मंगलबारदेखि भएको भारी हिमपातका कारण विभिन्न स्थानमा फसेका २०० भन्दा बढी विदेशी पर्यटकसहित करिब १५०० जनालाई उद्धार गरिएको हो।

स्थानीय प्रशासन, जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा स्थानीयको सहकार्यमा मनाङस्थित नेपाली सेनाको नयाँ भैरवी दल गुल्मबाट खटिएको उद्धार टोलीले उनीहरूको उद्धार गरेको हो।


प्रतिकृया दिनुहोस्