Skip

Hamro Sanchar

सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना, पाइलटको उद्धार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १२ गते


काठमाडौं । सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना भएको छ । आज बिहान अल्टिच्युट एयरको हेलिकप्ट दुर्घटना भएको हो ।

ल्याण्ड गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिइन् ।

उनका अनुसार हेलिकप्टरमा यात्रु थिएनन् । पाइलटको उद्धार गरिएको पाण्डेले जानकारी दिइन्

काठमाडौंबाट उद्धारकाका लागि गएको हेलिकप्टर दुर्घटना भएको हो ।


प्रतिकृया दिनुहोस्