Skip

Hamro Sanchar

प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् विस्तार गर्द, सिफारिस गरिएका ५ मन्त्री  नाम होल्डमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, ६ गते


 

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । उनले हिजै ५ जनाको नाम राष्ट्रपतिलाई सिफारिस गरेकी छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोही अनुसार नियुक्तिको तयारी गरिएपनि पठाइएका नाममा अहिले ‘होल्ड’ मा राख्न भनिएको राष्ट्रपतिको सचिवालयले बताएको छ  ।

यद्यपि शीतल निवासले प्रधानमन्त्रीको सचिवालयलाई शपथका लागि २ बजेको समय दिएको छ ।

सचिवालयका सदस्यले भने, ‘पठाइएका पाँच मन्त्रीका नाम अहिलेलाई होल्डमै राख्न भनिएको छ । शपथ समारोहका लागि व्यवस्थापन गर्नुपर्ने भएकाले समय दिइसकेका छौं ।’

स्वास्थ्य मन्त्रालयकी सचिव संगीता मिश्रा, आविश्कार वैज्ञानिक महावीर पुन, टेलिभिजनकर्मी जगदीश खरेल, पूर्वन्यायाधीश अनिल सिन्हा र तत्कालीन राज्‍य पुनस्संरचना समितिका संयोजक मदन परियारको नाम मन्त्रीका लागि सिफारिस गरिएको बताइएको छ ।

यद्यपि यी नामहरू चेन्ज हुन सक्ने भन्दै होल्ड गर्न भनिएको सिंहदरबार स्रोतले बतायो ।,

कार्कीलाई सरकारमा जेनजी आन्दोलनकारीको प्रतिनिधित्वका लागि दबाब छ । तर, कसलाई आधिकारिक मान्ने भन्ने विवादले सिंहदरबारमा बबण्डर भइराखेको छ ।


प्रतिकृया दिनुहोस्