Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुदन गुरूङ एमाले प्रवेश गर्न लागेको भनेर महेश बस्नेतले भ्रम छरे : हामी नेपाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, ४ गते


Advertisement

 

काठमाडौं । हामी नेपालले संयोजक सुदन गुरूङ एमाले प्रवेश गर्न लागेको भनेर एमाले नेता महेश बस्नेतले गरेको टिप्पणीमा सत्यता नभएको जनाएको छ।

आज प्रेस विज्ञप्ती जारी गरेर हामी नेपालले एमाले नेता बस्नेतसँग संयोजक गुरूङको कुराकानी नै नभएको जानकारी गराएको हो।

शुक्रबार एमाले नेता महेश बस्नेतले सुदन गुरूङ एमालेमा प्रवेश गर्ने लागेको भनेर दिएको अभिव्यक्ति सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका थिए।

‘उनी एमाले आउँछन् जस्तो लाग्छ। अलिअलि कुराकानी भएको थियो। मलाई सुरक्षा थ्रेट भयो भनेर उनी र उनीसँगै हिँड्ने बब्लु लगायत ठूलो टिम हामीसँग सम्पर्कमा छन्। उनीहरू चाँडै नै एमाले आए भने तपाईंहरू अचम्मित नमान्नुस्,’ बस्नेतले भनेका थिए।

ीबहmष् दबलप
त्यसपछि हामी नेपालले शनिबार विज्ञप्ती जारी गर्दै एमाले नेता बस्नेतले झुट प्रचार गरेको बताएको हो। बस्नेतको उक्त दाबीले हामी नेपालले फोहोरी राजनीतिक खेल र जनतालाई धोका दिने निर्लज्ज प्रयास भनेको छ।

‘सुदन गुरूङले महेश बस्नेतसँग अहिलेसम्म कुराकानी गरेका छैनन् । गर्ने पनि छैनन्,’ विज्ञप्तीमा भनिएको छ।

परिवर्तनका लागि सम्पूर्ण राष्ट्र एकताबद्ध भएको समयमा भ्रम नछर्न पनि हामी नेपालले नेता बस्नेतलाई आग्रह गरेको छ। नेता बस्नेतको दाबीबाट प्रभावित नहुन सबैलाई हामी नेपालले अनुरोध गरेको छ ।


प्रतिकृया दिनुहोस्