Skip

Hamro Sanchar

नारायणगढ–मुग्लिनमा खसेको पहिरो हटाउन थालियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, ४ गते


नारायणगढ–मुग्लिनमा खसेको पहिरो हटाउन थालियो

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको तुइनख‍ोला पुलमा खसेको पहिरो हटाउन सुरु गरिएको छ । ढुंगा खस्ने क्रम नरोकिएतापनि पहिरो हटाउने कार्य सुरु गरिएको हो ।

हिजो साँझ करिब ६:३० बजे देखि मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै निरन्तर झरेको पहिरोका कारण रातभर सडक अवरुद्ध भएको थियो । आज बिहान पुनस् पहिरो खसेपछि सडक सुचारु गर्न झनै कठिनाइ भएको छ ।

ढुंगा खस्ने क्रम नरोकिएकाले पहिरो हटाउनको लागि समस्या भएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ। हाल ३ वटा लोडर र एउटास्काभेक्टर परिचालन गरि दुवै तर्फबाट पहिरो हटाउने कार्य सुचारू भइरहेको छ ।

साथै मुग्लिन तर्फबाट अर्को एउटा स्काभेक्टरपनि साइटतर्फ जाँदै गरेको सडक डिभिजनले जानकारी दिएको छ । सडक डिभिजनका अनुािर थप पहिरो खस्ने क्रम रोकिएको खण्डमा कम्तिमा ४ घण्टामा पहिरो हटाई सवारी आवागमन सुचारू गर्ने सम्भावना रहेको छ ।


प्रतिकृया दिनुहोस्