Skip

Hamro Sanchar

प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबिच आज टेलिफोनवार्ता हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २ गते


काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबिच आज टेलिफोन संवाद हुने भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज उनीहरूबिच टेलिफोन संवाद हुने भएको हो ।

यसअघि बुधबार नै मोदीसँग कार्कीको टेलिफोन संवाद हुने भनिएको थियो । प्रधानमन्त्री ज्यूले मंगलबारको क्याबिनेट बैठकमा भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन कुराकानी गर्ने भन्नु भएको थियोु, गृहमन्त्री ओमप्रकाश अर्यालले भने, बुधबार किन स्थगित भयो थाहा हुन सकेन ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसँग सिंहदरबारमा भेटेर मोदीको सन्देश सुनाएका थिए ।


प्रतिकृया दिनुहोस्