Skip

Hamro Sanchar

प्रधानमन्त्रीलाई भेटेर भारतीय राजदूतले गरे पुन: निर्माणमा सघाउने प्रतिवद्धता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, ३१ गते


काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ ।

आज अपरान्ह सिंहदरबारमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई भेट गरेका हुन् ।

भेटका क्रममा नेपालको उन्नति र समृद्धिका लागि भारतले सधैँ सहयोग गर्दै आएको र आगामी दिनमा पनि नेपालको समृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

साथै नेपालको विकास, पुनस् निर्माणमा भारतले सघाउने प्रतिवद्धता समेत व्यक्त गरेको छ । नेपालमा शान्ति, सुशासन र स्थिरताको पक्षमा भारत रहेको उनले भेटवार्ताका क्रममा बताएका छन् ।

भारतले जेन जी आन्दोलनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै अन्तरिम सरकारको प्रधानमन्त्रीमा कार्की नियुक्त भएकी हुन्

नियुक्त भएसँगै कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा गरेका छन् ।

यसैबीच, आगामी बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रधानमन्त्री कार्कीसँग फोनवार्ता गर्ने कार्यक्रम तय भएको छ ।


प्रतिकृया दिनुहोस्