Skip

Hamro Sanchar

पत्रकार सम्मेलनमा रुँदै हर्कले भने : मलाई मन्त्री बन्न दिएनन् , मन्त्रीको नाम दूतावासले तयार पार्दो रहेछ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, ३१ गते


Advertisement

 

पत्रकार सम्मेलनमा रुँदै हर्कले भने : मलाई मन्त्री बन्न दिएनन् , मन्त्रीको नाम दूतावासले तयार पार्दो रहेछ

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ (राई) ले काठमाडौँबाट फर्किएलगत्तै आज धरानमा पत्रकार सम्मेलन गर्दै पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र आफूले भोगेका अनुभवबारे सुनाएका छन्।

भावुक बनेका मेयर साम्पाङले विभिन्न प्रसङ्ग उल्लेख गर्दै आँसुसमेत झारेका थिए।

जेनजी आन्दोलनलाई सामान्य सामाजिक सञ्जालको लहर मात्र नभई वर्षौँदेखि बनेको ठूलो राजनीतिक डिजाइन भएको बताएका छन् । ‘प्रधानमन्त्री र मन्त्री को बन्ने भन्ने नाम त दूतावासमै तय रहेछ,’ साम्पाङले भने, ‘यो आन्दोलन सुशासन वा सोसल मिडियाकै लागि मात्रै नभएको पाएँ।’

साम्पाङले आफूले देशकै लागि जोखिम मोलेको भन्दै आफूलाई गोली लाग्न सक्छ भन्ने थाहा हुँदा हुँदै पनि लागे लागोस् भन्ने अवस्थामा आफू जेनजीको मागको आधारमा काठमाडौँ गएको बताए।

आन्दोलनको दिन २३ र २४ गते हर्क धरानमा थिए। २५ गते उनी बिहानै काठमाडौँ गएका थिए। उनले भने, ‘यो देश रह्यो भने मात्र हामी रहन्छौँ भन्ने भावनाले म जङ्गी अड्डासम्म पुगेको थिएँ।’

उनले आरोप लगाउँदै भने, ‘प्रधानमन्त्री बन्ने, मन्त्री बन्नेहरूको नाम त पहिले नै तयार रहेछ। दूतावास धाउनु पर्ने रहेछ, तर म गइनँ। त्यसैले मलाई क्याबिनेटमा राख्न सकिँदैन भन्ने निर्णय त्यहाँबाट आयो। मलाई दिएनन्।’

साम्पाङले आफू कुनै शक्तिकेन्द्रको गोटी नभएको स्पष्ट पारे। उनले भने, ‘विदेशीले रिमोटबाट चलाउने देश हुँदैन भनेको मान्छे म नै हुँ। बिकाउ भएर होइन, आँट गरेर देशको लागि हिँडेको मान्छे हुँ।’

साम्पाङका अनुसार जेनजी पुस्ताले देश बालेन शाह वा हर्क साम्पाङले चलाउनुपर्ने माग राखेका थिए। एउटा वृद्धलाई हटाएर अर्को वृद्धालाई ल्याएर देश सुम्पिएको भन्दै उनले देश चलाउने जिम्मा युवाले लिनुपर्ने आवाज आएको भए पनि त्यसको सुनुवाइ नै नभएको बताए ।

साम्पाङले अहिलेको व्यवस्थाले देशलाई विदेशी शक्तिकेन्द्रहरूको हातमा थुपारेको भन्दै समाधानका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिलाई विकल्पका रूपमा प्रस्तुत गरे


प्रतिकृया दिनुहोस्