Skip

Hamro Sanchar

जेनजी आन्दोलनपछि पहिलो पल्ट प्रचण्ड सार्वजनिक : जलेको पेरिसडाँडा हेर्न पुगे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, ३१ गते


काठमाडौं । जेनजी आन्दोलनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज सार्वजनिक भएका छन् ।

उनले आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाको अवस्था अवलोकन गरेका छन् ।

आन्दोलन हिंसात्मक बनेपछि प्रचण्डसहितका नेताहरुलाई नेपाली सेनाले ब्यारेकमा सुरक्षा दिएर राखेको थियो ।

जेनजी युवा आन्दोलनको क्रममा माओवादी केन्द्रीय कार्यालयमा आगजनी भएको थियो ।

हिजो नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि पार्टी कार्यालय अवलोकन गरेका थिए ।

अहिले माओवादी कार्यकर्ताहरुले पार्टी कार्यालय सरसफाइ गरिरहेका छन् ।


प्रतिकृया दिनुहोस्