Skip
आज : २०८३ कार्तिक ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भक्तपुरमा स्कुटर दुर्घटना: श्रीमानको मृत्यु, श्रीमती घाइते

रासस प्रकाशित : २०८१ पुष, १९ गते


Advertisement

भक्तपुर, पुस १९- भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडा नम्बर २ सानोठिमीमा शुक्रबार स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सानोठिमीबाट मगरगाँउतर्फ जाँदै गरेको बा.प्र. ०२–०२८ प. ६६१० नम्बरको अनियन्त्रित भई दुर्घटना हुँदा सानोठिमी धुञ्चेपाखा बस्दै आएका ३१ वर्षीय स्कुटर चालक निश्चल प्रकाशराज भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए ।

स्कुटर पछाडि सवार उनकी श्रीमती २८ वर्षीया पूजा श्रेष्ठको नर्भिक अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।

भण्डारीको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको र सवारीसाधन प्रहरी प्रभाग सानोठिमी भक्तपुरको नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान सुरू गरेको प्रहरीको भनाइ छ ।


प्रतिकृया दिनुहोस्