Hamro Sanchar

परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, ८ गते


Advertisement

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले राष्ट्रसङ्घका मुख्यालय कार्यालय सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गरेकी छन् ।

उनीहरुबीच आज भएको भेटवार्तामा राष्ट्रसङ्घको नेपालसँग सम्बन्ध तथा सहयोगका विविध विषयमा छलफल भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ । उक्त विभागले शान्ति स्थापनाका लागि खटिने राष्ट्रसङ्घीय मिसनका सुरक्षाकर्मीको व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको छ ।

नियोगका अनुसार उक्त भेटमा नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सहयोगलाई निरन्तरता दिने र शान्ति सुरक्षाका क्षेत्रमा पुर्‍याइएको योगदानका विषयमा विचारविमर्श भएको थियो ।


प्रतिकृया दिनुहोस्