Hamro Sanchar

आज २४ अंक घट्यो सेयर बजार, १ अर्ब १६ करोडको कारोबार

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, २९ गते


Advertisement

काठमाडौं । सोमबार पनि सेयर बजारका सबै सूचक ओरालो लागेका छन् । परिसूचक नेप्से १९५१ अंकमा झरेको छ । अघिल्लो दिन १९७५ अंकमा रहेको नेप्से २४.६८ अंक घटेको हो । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा खस्किएको छ । दिनभर कुल १ अर्ब १६ करोडको कारोबार भयो ।

हिजो कुल १ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । कुल २४ कम्पनीको मूल्य बढ्दा १८७ को घट्यो भने ५ को स्थिर रह्यो । सेन्सिटिभ सूचकका साथै सबै उपसमूह ओर्लिएका छन् ।

बैंकिङ २०, विकास बैंक ३७, फाइनान्स १३, होटल तथा पर्यटन २५, जलविद्युत् १६, जीवन बीमा १६५, उत्पादन ४४, माइक्रोफाइनान्स ६०, निर्जीवन बीमा ८२, अन्य १३ र ब्यापार उपसमूह ३० अंक घटे ।

शुभम् पावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । युनिक नेपाल लघुवित्तको ४ र ग्रीन भेन्चरको ३ प्रतिशत बढ्यो । खप्तड लघुवित्तको मूल्य सबैभन्दा धेरै ७।६, आदर्श लघुवित्तको ५।४, हिमालयन बैंक र नाडेप लघुवित्तको मूल्य ५।२ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक, शिवम् सिमेन्ट, अरुणभ्याली हाइड्रोपावर, हिमालयन डिस्टिलरी र नबिल बैंक क्रमशः अगाडि रहे ।


प्रतिकृया दिनुहोस्