काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेतामा जितेर प्रधानमन्त्री भइ देशको विकास गर्नु आफ्नो लक्ष भएको बताएका छन् । बुधबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा घरदैलो कार्यक्रममा सहभागी बनेका महामन्त्री थापाले पहिलो लक्ष्य प्रतिनिधि सभा सदस्य रहेको भन्दै यस्तो बताएका हुन् ।
थापाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा जित हासिल गरेर पार्टीबाट संसदीय दलको नेताका लागि भिड्ने बताएका छन् । साथै महामन्त्री थापाले प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनुपर्ने भएकाले आसन्न निर्वाचनमा जित निकाल्नुको विकल्प नरहेको उल्लेख गरेका छन् ।
महामन्त्री थापाले हरेक निर्वाचनमा आफूलाई जनता नै शक्ति हुन् भन्ने कुराले डर लाग्ने गरेको बताएका छन्। उनले यस अघिको निर्वाचनमा धेरै स्थानमा उत्साह र सुभेक्षा देखिएपनि अहिले देशभरका विभिन्न स्थानमा चुनावप्रति आम मानिसको सुभेक्षा र उत्साह कम हुँदै गइरहेको बताए । उनले आफ्नो निर्वाचन क्षेत्रमा भने नेपालको राजनीतिक नेतृत्व परिवर्तनको निम्ति प्रयत्न गर्ने कुरामा आम नागरिकको साथ रहेको र त्यसलाई आफूले पूरा गर्ने प्रतिवद्धता समेत जनाएका छन्