Hamro Sanchar

कांग्रेस महामन्त्री थापालाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

प्रकाशित : २०७९ कात्तिक, ७ गते


Advertisement

काठमाडौँ, कात्तिक ७- निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौँ–४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गगन थापालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । थापाले ट्वीट गरेर काठमाडौँ–४ का बासिन्दाको लागि निःशुल्क डेंगु परीक्षण तथा परामर्श सेवा लिएर तपाईंहरूको टोलमा आउँदैछौँ भनेर सम्पर्क नम्बर सहित जानकारी गराएको उजुरीका आधारमा स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।

स्पष्टीकरण पत्रमा निर्वाचन आचारसंहिता लागू भइसकेको जानकारी हुँदाहुँदै आचारसंहिता विपरीत ट्वीटरमार्फत मतदातालाई प्रभावित गर्ने कार्य देखिएकाले कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।


प्रतिकृया दिनुहोस्