काठमाडौं, असोज २८- प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका कृष्णराम पुरीले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । कागेश्वरी मनोहरा नगरपालिका-७ मा एक कार्यक्रमको आयोजना गरी चुनावी घोषणापत्र सार्वजनिक तथा पहिलो अन्तरक्रिया सम्पन्न गरेका हुन् ।
घोषणापत्र सार्वजनिक कार्यक्रममा उनले काठमाडौँ क्षेत्र नम्बर-२ लाइ राजनीतिक दलले आफ्नो चुनाब जित्न भागको रुपमा हेरेको आरोप लगाएका छन् । गठबन्धनले जित्नु भनेको काले-काले मिलेर भाले खाने जस्तै भएको उनको भनाइ छ । कम्प्युटर इन्जिनियरसमेत रहेका उनले काठमाडौँ क्षेत्र २ को ‘नयाँ काठमाडौँ बनाउने उनको योजना छ ।
यसै क्षेत्रका स्थानीय बासिन्दा समेत रहेका ३७ बर्षिय पुरी त्रिभुवन विश्व विद्यालय अन्तर्गत हिमालय इन्जिनियरिङ कलेज कालोपुलबाट २०६४ सालमा कम्पुटर इन्जिनियरिङ पुरा गरी जापानमा दुई बर्षसम्म अध्ययन गरि स्वदेश फर्केका हुन् । उनले नेपाल र जापानबीच इन्जिनियरिङ सम्बध भएको तोवा इन्जिनियरिङ नेपालको स्थापना गरि नेपालमा जापानको इन्जिनियरिङ द्रफटिंग, डेजाइन गर्ने तथा नेपाली इन्जिनीयरलाइ जापानको बिभिन्न प्रोजेक्टमा रोजगारी लगाउने काममा सहयोग गरेको बताएका छन् । पेप्सी कोलामा माता इन्जिनियरिंग बिज्नेस सर्विसेस प्रा.लि. स्थापना गरि सोहि कामको निरन्तरता दिइरहेका छन् । हालसम्म आफुले १५० भन्दा बढी नेपाली इन्जियरहरुलाई जापानमा रोजगारीको अवसर मिलाईदिएको उनले बताए ।
चुनाव चिन्ह ‘खाम’ पाएका पुरीले आफ्नो उम्मेदवारी राजनीतिकभन्दा पनि विकासका लागि भएको बताएका छन् ।
काठमाडौं-२ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको क्षेत्र हो । यस क्षेत्रमा माधव नेपाल नेतृत्वको पार्टीसहितको सत्ता गठबन्धनले प्रतिनिधि सभामा नेकपा माओवादीकी नेत्री तथा पुर्व सभामुख ओनसरी घर्तिलाई सर्वसम्मत उठाएको छ ।
यस्ता छन् पुरीका एजेण्डा
१. तिब्बत मुनिको देश भनेर चिनिने साँखु सहर जहाँ भृकुटीले तिब्बती सम्राटसँग चंग गम्पोसँग साँखुको बज्रयोगिनी मन्दिरमा बिवाह भएको थियो र बौद्ध धर्म तिब्बततिर सर्दै गएको थियो साथै नेपाली हिन्दुहरूको स्वस्थानीको ब्रत फल प्राप्त गर्न हरेक साल लाखौ महिला साली नदिमा नुहाउने चलन छ । यो ठाउँ धर्म र एतिहासिक रुपले निक्कै महत्व भएपनि जोरपाटीदेखि हालसम्म पक्कि सडक बन्न सकेन, जसले गर्दा यो ठाउँ काठमाडौँ भइकन पनि बिकट जस्तो लाग्छ । त्यसैले यो बाटो अत्यन्त आवस्यक छ र बनाउने नीतिगत तहमा काम गर्नेछु । बौद्ध र सनातन धर्मको एक पारस्परिक परिचय भएकोले यहाँ दिर्घकालिन रुपमा बज्रयोगिनी मन्दिरमा तिब्बत, भारत, चिन, जापानबाट बौद्ध तथा हिन्दु धर्मोलाम्बीहरूको पर्येटकिय स्थल बनाउने पहल गर्नेछु ।
२. कागेश्वोरी मनोहरा नगरपालिका र काठमाडौँ महानगरपालिका वडा-३२ का बासिन्दाहरू सधै यो जडिबुटीको जामबाट पिल्सिनु परेको छ । एसको समाधानको लागि अहिलेसम्म भैसकेको सडक बिभागबाट टेन्डर आव्हान गरिसकेको कुरालाई कार्य नीति बनाएर बाइपास खोल्ने काम गर्नेछु ।
३. कागेश्वोरी मनोहरा-८ मा रहेको पशुपति बिकाश कोषको ५३४ रोपनी जग्गाको अतिक्रमण रोक्न स्थानिय तथा प्रदेश सरकारसँग समन्वय गर्नेछु । साथै एसको संरक्षण र प्रबर्धनको लागि आयुर्वेदिक अस्पताल, संस्कृत महाविद्यालय वा विश्वविद्यालय, बिभिन्न राष्ट्रिय स्तरको बिकाशको बारेमा नीति बनाउने छु । पशुपतिको अस्थायी पार्किङलाई मोफसलबाट आउने गाडीको स्थाई पार्किङ स्थल बनाई यहाँ अध्यात्मिक, योगहरूलाई प्राथमिकतामा राखिनेछ ।
मेरो उम्मेदवारी काठमाडौँ क्षेत्र नम्बर २ मा किन ?
बिक्रम सम्बत् २०६४ को संबिधान सभाबाट काठमाडौँ क्षेत्र नम्बर १ र २ बनेपछि काठमाडौँ क्षेत्र नम्बर-२ लाइ राजनीतिक दलले आफ्नो चुनाब जित्न भागको रुपमा हेरेको देखिन्छ । राजनैतिक दलबाट क्षेत्र-१ लिन खोज्दा क्षेत्र-२ लाइ बलि चाडाएको देखिन्छ । अबपनि राजनैतिक दलको टुरिष्ट नेताले जित्ने हो भने गठबन्धनको नाममा काले काले मिलेर भाले खाने देखिएको छ, एस्तो कदापी हुन दिन हुन्न र यो जागरुक जनताले बुझेको छन् भन्ने मेरो बुझाई हो ।
अबको आशा भनेको स्वतन्त्र हो । स्वत्रन्त्रमा पनि यो ठाउँको मौलिक चुनौतीका हल बारे कतै चर्चा गरिएको पाईएन । चुनाब जित्न युवाको दिलाशा दिएर चुनाब जित्ने मात्र देखियो । मेरो ध्यान अहिले सम्पूर्ण देशको एजेण्डा भन्दा पनि यो काठमाडौँ क्षेत्र २ को नया काठमाडौँ, दिगो बिकाश तथा सुख सम्बृदी तर्फ लक्षित छ । मेरो कुनै राजनैतिक दलसँग रिसराग नभई युवा चुनाबमा सहभागिता जनाउनु पर्छ भन्ने पनि हो । तेसैले मैले मौलिक चुनौतीहरुलाई उजागर गर्न अनि हल गर्न काठमाडौँ क्षेत्र नम्बर-२ प्रतिनिधि सभामा उमेदबारी दिएको छु । मेरो उम्मेदवारीले यो ठाउँका जनतालाई खुसीको लहर ल्याएको छ । यो ठाउँलाइ नया परिचय “नया काठमाडौँ ” सहित प्रस्ताब गरेको छु ।