Hamro Sanchar

नख्खु जेलमा रहेका आलम कांग्रेसबाट सर्वसम्मत उम्मेदवार सिफारिस

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, १६ गते


Advertisement

काठमाडौं, भदौ १६- नख्खु जेलमा रहेका मोहम्मद अफताव आलमलाई नेपाली कांग्रेस रौतहटले क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गरेको छ ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि आलमको नाम सर्वसम्मत रूपमा सिफारिस भएको रौतहट कांग्रेसले जनाएको छ ।

२०६४ चैत २७ मा राजपुरमा भएको बम बिस्फोटका घटनामा संलग्न रहेको अभियोगमा २०७६ असोज २६ मा पक्राउ परेका उनलाई २०७६ कात्तिक २९ मा पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।

स्थानीय शेख इद्रिसको घरमा बम बिस्फोट हुँदा त्यसबेला त्रिलोकप्रताप सिंह र ओसी अख्तरको मृत्यु भएको थियो ।

उक्त घटनामा घाइते भएकाहरूलाई इँटाभट्टामा जिउँदै जलाइएको परिवारका सदस्यहरूले आरोप लगाउँदै आलममाथि किटानी जाहेरी दिएका थिए ।

उनी २०७४ मा रौतहट २ बाटै निर्वाचित भएका थिए ।


प्रतिकृया दिनुहोस्