Hamro Sanchar

८ अर्ब ठग्ने एमालेका पुर्वसांसदलाई जेलबाट छुटाउन १० करोड डिल ! (अडियो)

प्रकाशित : २०७९ असार, ८ गते


Advertisement

काठमाडौं, असार ८- सिभिल सहकारीको रकम हिनामिना प्रकरणका मुख्य आरोपी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न भएको न्यायाधिश र वकिलको सेटिङ्ग भएको अडियो रेकर्ड सार्वजनिक भएको छ ।

८ अर्ब भन्दा बढी रकम ठगेका पुर्व एमाले सांसद इच्छाराज तामाङ्ग हाल हिरासतमा छन् । उनलाई धरौटीमा रिहा गराउन काठमाडौँ जिल्ला अदालतका न्यायाधिश राजकुमार कोइराला र तामाङको पक्षमा बहस गरिरहेका अधिवक्ता रुद्र प्रसाद पोख्रेलबीच भएको डिल न्युज २४ ले सार्वजनिक गरेको हो ।

१० करोड रुपैयाँ धरौटी लिएर तामाङलाई रिहा गर्ने योजना बनाइएको थियो । वकिल पोख्रेल र न्यायाधीश राजकुमार कोइरालाबीच भएको गोप्य सम्वादमा १० करोड धरौटी मागेर तामाङलाई रिहा गर्ने र यो काम गरेबापत २ करोड लिने डिल अडियो रेकर्डमा सुनिएको छ ।

अधिवक्ता र न्यायाधीशबीच भएको सम्वादमा न्यायाधीश कोइरालाले तामाङलाई धरौटीमा छाड्ने आँट गर्न सक्दैनन् । उनी केही डराएको जस्तो सुनिन्छ । तामाङ रिहा भएको विषय पत्रपत्रिकामा आएमा त्यसले आफ्नो जागिर जान सक्ने शंका पनि उनले गरेका छन् ।

इच्छाराज तामाङलाई ठगी र संगठित अपराध कसूरमा केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले ७८ असोज १८ गते पक्राउ गरेको थियो । अहिले तामाङ र उनका सहयोगी अर्थात सिभिल सहकारीका वर्तमान अध्यक्ष केशव लाल श्रेष्ठ डिल्ली बजार जेलमा छन् ।

तत्कालिन बारका कोषाध्यक्ष रहेका अधिवक्ता रुद्रप्रसाद पोखरेलले विज्ञप्ति निकालेर ओलीले संसद विघटन गर्दा समर्थन गरेका थिए ।

https://www.youtube.com/watch?v=NCYZgigtW_c


प्रतिकृया दिनुहोस्