आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

मधेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

July 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २२- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन् । प्रदेश सभामा उपस्थित १०१ सदस्यमध्ये ६७ जनाले मुख्यमन्त्री सिंहको पक्षमा र ३४ जनाले विपक्षमा मत दिएका थिए । मुख्यमन्त्री सिंहलाई सदनको सबैभन्दा...बाँकी

जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा सार्न गृहमन्त्रीको निर्देशन

July 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २२- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्रालयमा भएको आपत्कालीन बैठकमा उनले विपद्का घटनालाई...बाँकी

जनता समाजवादी पार्टी सरकारबाट बाहिरियो, मन्त्रीहरूले दिए राजीनामा

July 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, असार २१- नेकपा एमालेपछि जनता समाजवादी पार्टी पनि सरकारबाट बाहिरिएको छ । उक्त पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता अशोककुमार राईले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् । पार्टीले...बाँकी

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने

July 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २१- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते शुक्रबार विश्वासको मत लिने भएका छन् । नेकपा एमालेले सरकारमाथिको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिन लागेका हुन् ।...बाँकी

अब एकीकृत समाजवादीमा फर्किन्न- प्रेम आले

July 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २१- नेकपा (एकीकृत समाजवादी)का नेता प्रेम आले पार्टीको महाधिवेशन सुरु हुँदा भारत भ्रमणमा थिए । नेकपा एसको महाधिवेशन सकिनुअघि भारतका विभिन्न सहरको भ्रमण सकेर काठमाडौं फर्किएका छन् । उनी नेकपा एस भने नफर्किने...बाँकी

सरकार जोगाउने कसरतमा प्रचण्ड, रास्वपा र एकीकृत समाजवादीको समर्थन कायमै

July 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २१- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार जोगाउने कसरतमा रहेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कांग्रेसले नयाँ सरकार बनाउने सहमति गरेपछि प्रधानमन्त्री प्रचण्ड सरकार कसरी जोगाउन सकिन्छ भन्नेमा पार्टी नेताहरूसँग छलफल...बाँकी

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, फैसला आजै आउने सम्भावना

July 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २०- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्नुपर्ने माग राख्दै परेको मुद्दामा बहस सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको संयुक्त इजलासमा जारी सुनुवाइमा बिहीबार बहस सकिएको हो...बाँकी

मेरो इच्छा विपरीत सरकारमा जानु पर्‍यो : गगन थापा

July 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर, असार २०- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो व्यक्तिगत इच्छा विपरीत पार्टी सरकारमा जानुपर्ने परिस्थिति बनेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चार कर्मीहरूसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् । ‘मेरो इच्छाले हुन्थ्यो...बाँकी

एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल सर्वसम्मत

July 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, असार २०- नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाललाई सर्वसम्मत बनाउन नेताहरू सहमत भएका छन् । काठमाडौँको कमलादीस्थित रोयल सिंगी होटलमा शीर्ष नेताहरूबिच भएको छलफलमा नेपालका नाममा सहमति जुटेको एक नेताले जानकारी दिए ।...बाँकी

जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने, मन्त्रीले आजै राजीनामा दिने

July 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २०- नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले समर्थन गर्ने भएको छ । वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरुलाई आजै राजीनामा...बाँकी