Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

जगमानको दाबी : २०८२ साल जेठको १५ गते गणतन्त्रको अन्त्य हुन्छ

April 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा.जगमान गुरुङले २०८२ साल जेठको १५ गते गणतन्त्रको अन्त्य हुने दाबी गरेका छन् । आज काठमाडौँमा आयोजित पृथ्वीपथको आवश्यकता प्रबुद्ध वर्गको सोच विषयक कार्यक्रममा गुरुङले...बाँकी

अ‍ोली, प्रचण्ड र देउवाको बैठक बालुवाटारमा

April 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसहित प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ। बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, एमाले नेता...बाँकी

‘ट्वाइलेट’मा थुनिए एमाले सचिव योगेश भट्टराई, हेलिकोप्टरसम्मै प्रहरीले दिनुपर्यो सुरक्षा

April 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। नेकपा एमालेका सचिव तथा ताप्लेजुङका सांसद योगेश भट्टराई निर्वाचन क्षेत्रमा नै शौचालय (ट्वाइलेट)मा थुनिएका छन्। भट्टराई गृहजिल्ला ताप्लेजुङमा ‘नो केबलकार’ समूहले घेरा हालेपछि ट्वाइलेटमै थुनिएका हुन्। भट्टराई सिंढी चढेर ट्वाइलेट उक्लिए, वरपर रहेका स्थानीयले...बाँकी

शिक्षकहरूको रमिता बढी भयो : रामकुमारी झाँक्री

April 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आन्दोलनरत शिक्षकहरूको रमिता धेरै भएको टिप्पणी गरेकी छन्। विद्यालय शिक्षा विधेयकको माग राख्दै १८ दिनदेखि काठमाडौंको सडकमा उत्रिएका शिक्षकहरूले सरकारको कुरा नसुनेर रमिता देखाएको आरोप...बाँकी

शिक्षक आज पनि सडकमै : प्रधानमन्त्रीसँगको वार्ता निष्कर्षविहीन

April 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं । प्रधानमन्त्रीसँगको वार्ता पनि निष्कर्षविहीन भएपछि शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन्। प्रधानमन्त्री र शिक्षकहरूबीच शुक्रबार मध्यरातिसम्म वार्ता भएको थियो। शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार राति ९ बजेदेखि ११ बजेसम्म प्रधानमन्त्री केपी शर्मा...बाँकी

सञ्चारिका समूहको अध्यक्षमा पन्थी निर्वाचित

April 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी निर्वाचित भएकी छन् । शनिबार भएको निर्वाचनमा पन्थीले १४९ मत ल्याएर अध्यक्ष निर्वाचित भएकी हुन् । अर्की प्रत्यासी पवित्रा सुनारले ८७ मत पाइन् । यसैगरी उपाध्यक्षमा बसन्ती बास्तोला...बाँकी

कांग्रेसले अब समस्या मात्र देखाएर हुँदैन समाधान दिनुपर्छ : गगन

April 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्नको लागि ‘मिसन रोजगारी’ राष्ट्रिय अभियान सुरु गरिएको बताएका छन्। आज नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनद्वारा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...बाँकी

गृहमन्त्रीको चेतावनी : पूर्वराजावादीको नाममा अस्थिरता निम्त्याउने काम क्षम्य हुँदैन

April 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । आज पोखरामा गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन समारोहमा गृहमन्त्री लेखकले पूर्वराजावादी वा अरू कुनै पनि नाममा हुने अस्थिरता निम्त्याउने काम क्षम्य नहुने बताए...बाँकी

सरकार परिवर्तनकाे हल्ला पछाडि नलागौं : प्रधानमन्त्री ओली

April 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्लाको पछाडि नलाग्न आग्रह गरेका छन् । चितवन पुगेका ओलीले इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा बोल्दै नयाँ वर्षको दिन माओवादी अध्यक्षले चितवनबाटै ०८२ सालसँगै सरकार फेरिने...बाँकी

प्रधानमन्त्रीले आज इच्छाकामना गाउँपालिका भवनको उद्घाटन गर्ने

April 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन । चितवनको एक मात्रै गाउँपालिका इच्छाकामनाको चार तले प्रशासकीय भवन तयार भएको छ । चार करोड दुई लाख ३९ हजार ७२५ रुपैयाँको लागतमा तयार भएको प्रशासकीय भवनको आज बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा...बाँकी